१९ फाल्गुण २०८०, शनिबार

ब्राउन सुगर सहित एक पक्राउ

कान्छो खवर । बुधबार, मंसिर १३, २०८०

गाईघाट १३ मंसिर । लागूऔषध मुद्दामा फरार एक प्रतिवादी ब्राउन सुगर सहित पक्राउ परेकाछ्न । प्रहरीले बिशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका -१३ का ३५ बर्शिय प्रशान्त कार्कीलाई १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर सहित मंगलबार पक्राउ गरेको हो । कार्की लागूऔषध मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। ऊनी घरमा लुकेर बसेको जानकारी आए पछि प्रहरीले उनको घरमा दिउसो रेड गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । अदालतबाट ४ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्