०७ साउन २०८१, सोमबार

ब्राउन सुगर सहित एक पक्राउ

कान्छो खवर । मंगलबार, मंसिर १२, २०८०

गाईघाट १२ मंसिर प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेकोछ । प्रहरीको विशेष सुराकीको सहयोगमा उदयपुरको बेलका नगरपालिका -१ आमबासीबाट सप्तरीको सप्तकोशी नगरपालिका -१ का २७ बर्शिय सयद महमद अफजलाइ ३५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । चौधरीलाई जिल्ला अदालत बाट म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्