१९ फाल्गुण २०८०, शनिबार

सरकारी दस्तखत किर्ते मुद्दामा ढकाल पक्राउ

कान्छो खवर । मंगलबार, मंसिर १२, २०८०

गाईघाट १२ मंसिर । लिखित सम्बन्धि कसुरमा फरार रहेका त्रियुगा नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श सदस्य सचिब गुरु प्रसाद ढकाल पक्राउ परेकाछ्न । नगरपालिकामा कार्यरत रहदा उनलेे तत्कालीन उप-मेयर देबि चौधरीको हस्ताक्षर किर्ते गरि राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनि माथी कार्बाहि गरेको थियोे । अख्तियारले राजस्व छलिमा ढकाल लाई निलम्बन गरि मुद्दा चलाएको र सरकारी दस्तखत किर्तेमा प्रहरीलाई मुद्दा चलाउन निर्देशन गरे लगत्तै उनि माथि प्रहरीले मुद्दा चलाएको थियोे । मुद्दा चलाए लगत्तै उनि फरार थिए ।प्रहरीले उनलाई सोमबार घर बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । उनलाइ जिल्ला अदालत उदयपुर बाट म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्