०४ आषाढ २०८१, सोमबार

दुइ फरार अभियुक्त पक्राउ

कान्छो खवर । सोमबार, मंसिर ११, २०८०

फरार अभियुक्तहरू

गाईघाट ११ मंसिर । चोरीमुद्दामा फरार दुई अभियुक्त पक्राउ परेकाछ्न ।जिल्ला अदालत उदयपुरले चोरी मुद्दामा ११ महिना ४ दिन कैद र जनही १०/१० हजार रुपैयाँ जरिवाना तोकेको फरार प्रतिवादी त्रियुगा नगरपालिका -३ का बर्ष २४ का कलाम महमद र सोही वडाका बर्ष २५ का अहमद कलामुदिनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । गाईघाट स्थित बसपार्क बाट खटिएको प्रहरीटोलिले उनिहरुलाइ दिउसो पक्राउ गरेको चौधरीले बताए । फैसला कार्यन्बयनको लागि उनिहरुलाई आजै जिल्ला अदालत उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्