१९ फाल्गुण २०८०, शनिबार

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

कान्छो खवर । सोमबार, मंसिर ११, २०८०

गाईघाट ११ मंसिर । झापामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेकाछ्न । कमल गाउपालिका ४ का २३ बर्शिय आषिश तामाङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । तामाङले बिहान ६.३० बजे ४५ बर्शिय बुबा भोला कुमार लाई कराइ र धारिलो हतियार दाउले टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। हत्या पछि फरार उनलाइ ईलाका प्रहरी कार्यालय दमक बाट खटिएको प्रहरीटोलिले कमल गाप ४ दुधे बाट पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। मृतक तामाङको शव परिक्षणको लागि दमक अस्पतालमा पठाएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्