१४ मंसिर २०८३, आइतबार

निर्माण ब्याबसायी संघ उदयपुरको अध्यक्षमा दाहाल निर्बाचित

कान्छो खवर । आइतबार, मंसिर १४, २०८३

गाईघाट   १३   मंसिर  ।

नेपाल निर्माण ब्याबसायी संघ उदयपुरको अध्यक्षमा  सुदिप दाहाल निर्बाचित भएका छन् । सनिवार भएको संघको निर्वाचनमा उनलेे प्रतिस्पर्धी सुनिल कार्कीलाई हराउदै अध्यक्षमा चयन भएका हुन् ।

दाहालले १ सय ९ मत पाएका छन् भने कार्कीले ७२ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचन लडेका अर्का प्रतिस्पर्धी प्रेम तिमिल्सिनाले २१ मत ल्याएका छन् ।

संघको प्रथम उपाध्यक्षमा राकेश खत्री निर्बाचित भएका छन् ।प्रतिस्पर्धी बीरेन्द्र कुमार खड्कालाई २१ मत अन्तरले हराउँदै उनी प्रथम उपाध्यक्षमा चयन भएका छन् । खत्रीले १ सय २ मत प्राप्त गर्दा  खड्काले ७९ मत प्राप्त गरे । अर्का उमेदवार सुभाष भट्टराईले २१ मत ल्याएका छन् ।

दितिय उपाध्यक्षमा कुलबहादुर खड्का र तृतीय उपाध्यक्षमा अनिल आचार्य र महासचिवमा अस्विन खड्का निर्बिरोध  चयन भएका छन् ।सचीवमा हेमराज दाहाल निर्बाचित भएका छन् उनलेे ७७ मत ल्याउदा प्रतिस्पर्धी दोघ कुमार राईले ६९ र भुबन खड्काले ५५ मत प्राप्त गरे ।

कोषाध्यक्ष अनिल खड्काले १ सय १० मत ल्याएर निर्बाचित भएका छन् ।प्रतिस्पर्धी प्रमोदकुमार पोखरेलले ९२ मत प्राप्त गरे । सहकोकोषाध्यक्षमा चुलबहादुर आले निर्बिरोध भएका छन् ।

 

कार्यसमितिको ११ जना सदस्यहरुमा अभिषेक गौतम , एक बहादुर कार्की , कुमार क्षेत्री , खेमराज राउत ,दिपक तामाङ ,निरज घिसिङ , प्रकाश कार्की ,बिकासकुमार राई , बिनोद बस्नेत , लक्ष्मण देब ,सन्तोषीकला तामाङ र हरिबहादुर हमाल यस अघि नै निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।

 

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्