कान्छो खवर । सोमबार, भाद्र ०८, २०८३
गाईघाट ८ भदौ ।
बेलकाको जहडामा सोमबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तिन जना घाइते भएका छन् । घाइते मध्य दुईको अबस्था गम्भीर रहेको छ ।
बेलका नगरपालिका ६ सुपाडेबाट लालबजार तर्फ आउदै गरेको को प्र.०५-००१ ह ०६१३ नम्बरको अटोरिक्सा र बिपरित दिशाबाट जादै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङलिस बोर्डिङ स्कुलको बस सुपाडेमा बिहान ९.४५ बजे एकआपसमा ठक्कर खाई सडकमा दुर्घटना हुदा अटोमा सवार ५ जना गम्भीर रूपमा घाइते भएकोमा दुई जनाको उपचारको क्रममा धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा ११.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बेलका ५ कि ३४ बर्षीया ईन्दिरा मगर र नाम बतन नखुलेको अर्की एक महिला छिन् ।
दुर्घटना लगत्तै घाइतेहरुलाई उपचारकोलागि बिपि धरान लगिएको प्रहरीले जनाएको छ । घाइतेहरु मध्य बेलका ५ का इन्द्र थापा र सोही ठाँउका १८ बर्षिय रोशन मगरको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते मोरङ बिराटनगर १२ का १९ बर्षिय अजित गुरुङको बिपि मै उपचार भैरहेको छ ।
बसका चालक बेलका ५ का ३६ बर्षिय बिक्रम थापालाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।