०७ भाद्र २०८३, आइतबार

०७ भाद्र २०८३, आइतबार

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

कान्छो खवर । आइतबार, भाद्र ०७, २०८३

गाईघाट  ७  भदौ  ।

बोक्से करमगाछीमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा परि एक जना मृत्यु भएको छ ।अर्काे एक जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका १० बोक्सेस्थित करमगाछी नजीकको सडक खण्डमा प्रदेश नम्बर -३-०२-००४ प ०७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री सोही वडा एलम्बर मार्गमा बस्ने ५८ बर्षिय सन्तबहादुर राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेको राईलाई तत्कालै उपचारकोलागि अस्पताल लगिएको थियोे । मोटरसाइकल चालक त्रियुगा १२ का १९ बर्षिय महमद सबिन रायन समेत घाइते भएका छन् । उनको अस्पतालमा उपचार भैरहेको छ ।

बरुवा पुल हुदै  गाईघाट तर्फ आइरहेको मोटरसाइकलले एकै दिशा तर्फ आउदै गरेको साइकललाई पछाडीदेखि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्