कान्छो खवर । आइतबार, भाद्र ०७, २०८३
गाईघाट ७ भदौ ।
जिल्ला अस्पताल उदयपुरमा रिक्त रहेकोे प्रमुखमा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई सरुवा भएर आए पछी अस्पतालमा करार सेवामा रहेका तीन जना चिकित्सक अस्पतालबाट बाहिरिएका छन् ।
प्रमुख पद रिक्त रहेको अबस्थामा निमित्तको भरमा अस्पताल संचालन हुँदै आइरहेको थियोे । मन्त्रालयले अस्पताल सुधारको पहिलो सर्त सहित राईलाई सरुवा गरेको थियोे ।
अस्पताल हाजिर हुने बितिकै राईले कर्मचारी र चिकित्सक बिच सामुहिक रूपमा बैठक गरि आफ्नो एजेन्डा अस्पताल सुधारको रहेकोेले सोही अनुरुप काम हुनुपर्ने त्यसकोलागि सबैले सहयोग गर्नुपर्ने निर्देश दिएको एक साता पछी करार सेवाका तीन कर्मचारीले राजीनामा गरेर बाहिरिएका छन् ।
अस्पतालमा प्रशासन र चिकित्सक सेवामा समेत बेथिति देखेर उनले स्टाप बैठकमै अस्पताल सुधारकोलागि सबैले सामुहिक दायित्व लिएर काम गर्नुपर्ने निर्देश गरे पछी केहि चिकित्सक नंया मेसु संग काम गर्न कठिन हुने अनुमान गर्दै जागीर छोडेर अस्पतालबाट बाहिरीएको स्वयं कर्मचारीहरु बताउछन्
मेसु राईले सबै चिकित्सकलाई अस्पतालमा ड्युटी समयमा बाहिर निजी क्लिनिकमा काम गर्न जान नपाइने , खोजेको बेला अस्पतालमा उपलब्ध हुनुपर्ने बैठक मै चेतावनी पुर्बक गरेको निर्देशन पछी उनिहरुले राजीनामा गरेको एक कर्मचारीले नाम उल्लेख नगरिदिने शर्तमा बताए ।
मेसु राईलाई जिल्ला अस्पताल उदयपुर सुधार गर्ने जिम्मा दिएर मन्त्रालयले पठाएकोले उनले अस्पतालमा देखिएको सुधार गर्नुपर्ने पक्ष मध्य अफिस समय छोडेर निजि क्लिनिकमा चिकित्सक काम गर्ने प्रवृत्तिको अन्त गर्नुपर्ने रहेकोेले उनलेे सोही अनुरुप गर्न खोजेको ती कर्मचारीले बताए ।
बिगत एक बर्षदेखि अस्पताल लथालिङ्ग अबस्थामा पुगे पछी अस्पताल निकै बेथिति देखिन थालेको छ ।अस्पताल प्रमुखको सरुवा पछी निमित्तको भरमा अस्पताल सन्चालन हुन थाले पछी अस्पतालमा आर्थिक अनियमितता चुलिदै उपचार सेवा प्रभावित हुन पुगेको छ । अस्पतालमा औसधि अभाव , चिकित्सकले तलब भत्ता नियमित रूपमा नपाउनु र अस्पतालको उपचार सेवा अस्तब्यस्त हुन पुगेको थियोे ।
अस्पताल तत्काल सुधार नगरिए कुनै पनि बेला अस्पतालको सेवा बन्द हुने अबस्थामा पुग्न आटेको बेला राईलाई मन्त्रालयले सरुवा गरेर पठाएको हो ।
मेसु राई मलाई मन्त्रालयले अस्पताल सुधारको जिम्मेवारी दिएर पठाएको बताउछन् । मेरो पहिलो प्राथमिकता भनेकै अस्पताल सुधार गरि पहिलेकै अबस्थामा ल्याउनु हो ।उनले भने ।
म आउने साथ अस्पतालमा प्रशासन र उपचार सेवा प्रभावित भएको देखे , अनि सोही अनुरुप अस्पताल सुधारको योजना सामुहिक रूपमा ल्याउन चिकित्सक र कर्मचारी संगै बसेर छलफल चलाए । मेसु राईले भने ।
मैले त्यस बेला पनि कर्मचारीबाट सहयोग हुने संकेत देखिन , तर लथालिङ्ग रहेकोे अस्पताल जसरी भए पनि सुधार गर्ने उनले बताए ।उनले अस्पताल सुधारको योजना बनाइरहेको बताए ।
५० शैयाको जिल्ला अस्पताल उदयपुरमा मेसु सहित स्थायी दुई जना चिकित्सकको अलावा विशेषचिकित्सक छात्रवृत्ति , प्रदेश करार र अस्पताल बिकास समिति मार्फत करार सेवामा कार्यरत ११ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
अस्पताल बिकास समिति मार्फत करारमा रहेका आठौं तहका डाक्टर मनिष यादव , देबिका चौधरी र पुरुषोत्तम यादवले आन्तरिक कारण देखाएर राजीनामा गरेकोमा उनिहरुको राजीनामा स्वीकृत भैसकेको अस्पताल प्रशासनले जनाएको छ ।