०३ भाद्र २०८३, बुधबार

ग्लोबल बैंकमा पैसा निकाल्न आएकी तारा मगर ४ बर्षीया छोरी सहित बेपत्ता , खोजी कार्य जारी

कान्छो खवर । बुधबार, भाद्र ०३, २०८३

गाईघाट  ३ भदौ  ।

मुर्कुचीदेखि पैसा निकाल्न गाईघाट आएकी एक महिला बेपत्ता भएकी छिन् । मंगलबार बिहान ८ बजे अटो रिजर्भ गरेर ग्लोबल बैंक आएकी रौतामाई गाउपालिका ७ मुर्कुचीकी ४० बर्षीया तारा बलम्पाकी मगर ४ बर्षीया छोरी बोशिका सहित बेपत्ता भएको दिदि राधा मगरले बताइन् ।

चाडैं घर फर्कने भनेर बिहान ८ बजे गाईघाट लागेको तर साझ अबेर सम्म पनि उनी परिबारको सम्पर्कमा नआए पछी हिजोदेखि उनको खोजी गरिएको मगरले बताइन् ।

सधै पैसा निकाल्न  गाईघाट जादा अटो रिजर्भ गरेर जाने गरेको र पछी सोही अटो मार्फत फर्कने गर्थिन। तर हिजो भने उनी घर नफर्किएको उनले बताईन । उनले अहिले बैनीको खोजीकोलागि प्रहरीमा उजुरी दिएको र आफन्त परिचालन गरेर खोजी जारी रहेको बताइन् ।

हिजोदेखि उनको मोबाइल फोन समेत स्विच छ ।आज बिहान फोनको लोकेसन ट्राक गर्दा चितबनको गैंडाकोट देखाएको उनलेे बताइन् ।

ताराको श्रीमानको घर काठमाडौको मनमैजु रहेकोले उनी उतै बस्दै आएकी थिइन् । तीन महिना अगाडि मात्र उनी केटाकेटी पढाउन माइती आएकी दिदी राधाले बताइन् । अब यतै बसेर केटाकेटी पढाउछु भनेर उ आएकी थिइन् । उनलेे भनिन् ।

ताराको श्रीमान वैदेशिक रोजगारीमा एक बर्ष अघि मात्र रोमनिया गएका छन् । उनले नियमित रूपमा श्रीमतीलाई पैसा पठाउने गरेको र अस्ति मात्र पैसा पठाएको उनलेे बताइन् ।

साईबाबा भक्त तारा विभिन्न धार्मिक अनुस्ठानमा भाग लिन भारतमा समेत जाने गरेको उनलेे बताइन् ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्