०३ भाद्र २०८३, बुधबार

त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पनेरू आउदै

कान्छो खवर । मंगलबार, भाद्र ०२, २०८३

गाईघाट  २ भदौ  ।

त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गृह मन्त्रालयबाट उपसचिब ईश्वरीदत्त पनेरू आउने भएका छन् ।

भुमी ब्यबस्था , सहकारी सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार पनेरूको त्रियुगामा सरुवा भएको हो ।

तत्कालीन प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद कोइरालाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए पछि त्रियुगामा प्रमुख प्रशासकिय अधिकृतको पद रिक्त रहेकोे थियोे ।

यातायात र अध्यागमन बिभागमा समेत काम गरिसकेका पनेरूको गृहबाट पहिलो पटक स्थानिय तहमा सरुवा भएको हो ।मन्त्रालयले हिजो एकै पटक १८ जना उपसचिवको सरुवा गरेकोमा गृहबाट सहायक तथा प्रमुख जिल्ला अधिकारीको स्थानिय तहमा सरुवा भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्