३१ साउन २०८३, आइतबार

पुर्ब राजदुत धौभडेलको निधन

कान्छो खवर । आइतबार, साउन ३१, २०८३

गाईघाट   ३१   साउन  ।

भारतकोलागि पुर्बराजदूत प्रा. हर्षनारायण धौभडेलको ९० बर्षको उमेरमा हिजो साझ क्यानडामा निधन भएको छ ।

क्यानडाको क्यालगरीमा छोरी निशा संग  बस्दै आएका उनी लामो समदेखि पार्किन्सन्स बाट पीडित थिए ।सन् १९३७ मा सिराहा जिल्लामा जन्मिएका उनको बाल्यकाल मधेसमै बितेको थियो । कक्षा ८ सम्म गाउमै पढेका उनले भारतमा उच्च शिक्षा हासिल गरेका थिए ।

भक्तपुरका बासिन्दा उनका बाजे शकरदास रोजगारीको सिलसिलामा  सिराहा आएका थिए । पछी सबै परिबार यतै बसेका थिए।

चर्चित दाशढुङगा दुर्घटना छानबिन समितिको उनी सदस्य समेत थिए ।

यहाँ कमेन्ट गर्नुहोस्