३१ साउन २०८३, आइतबार

बिपि स्वास्थ बिज्ञान प्रतिस्ठानमा भर्ना गरिएको बिरामी अस्पताल बाटै बेपत्ता , खोजी गरि पाउ भन्दै आफन्तले दिए प्रहरीमा उजुरी

कान्छो खवर । शनिबार, साउन ३०, २०८३

गाईघाट  ३०  साउन  ।

धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार गराइरहेका उदयपुरका एक बिरामी अस्पताल बाटै बेपत्ता भएका छन् ।

घरमा लडेर घाइते भएका ताप्ली गाउपालिका ५ रुपाटार कटरेका ४० बर्षिय पदमबहादुर बिक बुधबार बिहान २ बजे  देखि अस्पतालको बेडदेखि नै हराएका हुन् । मंगलबार बिहान उनलाई बिपिमा उपचारकोलागि भर्ना गरिएको थियोे ।

सोमबार बिहान उनी घरको छटबाट लडेर घाइते भएका थिए । टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको कारण उनलाई उपचारकोलागि बिपिमा ल्याइएको छोरा रामकुमारले बताए ।

अस्पतालका चिकित्सकले बिरामी सामान्य भनेको तर टाउकोमा गहिरो चोटको कारण उपचार कै क्रममा मानसिक संतुलन गुमेको हुन सक्ने उनले बताए । बेड भर्ना गर्ने बितिकै अर्को बेडमा रहेको बिरामी संग समेत झैझगडा गरेको उनलेे बताए ।

बुवा मंगलबार बिहान ६ बजे अस्पतालबाट नै केहि घण्टा हराएको र पुन फेरि अस्पतालमा आएको उनले बताए । अस्पतालमा बेडमा राखेर स्लाइन पानी चढाउन खोज्दा समेत स्वास्थकर्मी संग झैझगडा गर्ने खोजेको उनले बताए ।

पहिले बुबाको स्वभाव यस्तो थिएन , लडेर घाइते भए पछी अस्पतालमा आउदा यस्तो भएको हो ” उनले बताए । टाउकोमा चोटको कारण यस्तो भएको हुन सक्ने उनले बताए । तर चिकित्सकहरुले बिरामी नर्मल नै रहेको बताएको उनले भने ।

अस्पतालबाट हराएको बिरामीको निकै खोजतलास गर्दा समेत नभेटेपछि आफुहरु सनिवार घर फर्किएको उनले बताए । बुबा हराएको र खोजी गरि पाउ भनी आजै सुनसरी प्रहरी कार्यालय धरानमा उजुरी दिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्