कान्छो खवर । बिहिबार, साउन २१, २०८३
गाईघाट २१ साउन ।
नेपाल आयल निगमले तोकेको भन्दा बढी मुल्य लिएर ब्यापारीहरुले एलपि ग्यास बिक्रीवितरण गरिरहेको गुनासो आएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सहजीकरण गरिदिन भन्दै ब्यापारीहरुको छाता संगठनहरुलाई आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत द्वारा बुधबार जारी सार्वजनिक सूचनामा निगमले तोकेको १४.२ केजी ग्यासको मुल्य २ हजार ६० रुपैया रहेकोमा स्थानिय ग्यास डिलरहरुले २ हजार १ सय रुपैयामा बिक्रीवितरण गरि आमउपभोक्तालाई मार परिरहेको भनी गुनासो आएकोले सहजीकरण गरिदिन आग्रह गरिएको छ ।
प्रशासनले जिल्ला उधोग बाणिज्य संघ र त्रियुगा उधोग बाणिज्य संघ गाईघाटलाई सम्बोधन गरि सार्वजनिक सूचना जारी गरेको हो ।
गाईघाट लगायतका स्थानिय बजारमा ग्यासको अभाव देखाउदै ब्यापारीहरुले निगमले तोकेको भन्दा बढी मुल्य लिएर ग्यास बिक्रीवितरण गरिरहेकोे स्थानियले जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेको आधारमा स्थानिय प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो ।