कान्छो खवर । मंगलबार, साउन १९, २०८३
गाईघाट १९ साउन ।
रास्ट्रीय प्रजातन्त्र पार्टी उदयपुरले मंगलबार बिज्ञप्ति जारी गर्दै उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा पार्टीको नाम जोडेर पार्टी सदस्यता बनाइ दिने भन्दै सर्बसाधारणबाट नेपाली नागरिकताको प्रमाण संकलन गरि केहि ब्यक्तिहरु गैरकानुनी गतिविधिमा संलग्न रहेकोे सुन्नमा आएको र त्यस्ता ब्यक्ति उपर स्थानिय प्रशासनमा उजुरी समेत पर्न आएकोले गम्भीर रूपमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
पार्टी अध्यक्ष ध्रुव रायमाझीले जारी गरेको बिज्ञप्तिमा पार्टीलाई बदनाम गराउने र अनुचित अर्थापार्जनमा संलग्न त्यस्ता ब्यक्तिको पहिचान गरि कानुनी कठघरामा ल्याएर कारबाही गर्न राप्रपा उदयपुरले माग गरेको उल्लेख छ ।
बिज्ञप्तीमा पार्टीको आधिकारिक ब्यक्ति बाहेक अन्य कोहि कसैलाई आफ्नो आधिकारिक परिचय पत्र उपलब्ध गराउदा ठुलो दुर्घटना हुन सक्ने र कानुनी कारबाहीको दायरामा समेत आउनुपर्ने अबस्था सृजना हुने हुदा त्यस्ता कार्यलाई निरुत्साहित गर्न त्यस्ता गतिविधि उपर निगरानी राखी कारबाहीकालागि प्रशासनिक निकायलाई सहयोग समेत गर्न कार्यकर्ता एबम सचेत नागरिकलाई अपिल गरिएको छ ।