२७ आषाढ २०८३, शनिबार

२७ आषाढ २०८३, शनिबार

ब्राउन सुगर सहित एक युबक पक्राउ

कान्छो खवर । शनिबार, आषाढ २७, २०८३

गाईघाट  २७  असार  ।

प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युबालाई पक्राउ गरेको छ । लालपत्ता प्रहरी चौकी अगाडि लहानदेखि गाईघाट तर्फ आउदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा शुक्रबार दिउसो  लहान नगरपालिका २२ का २४ बर्षिय सन्दिप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकलबाट खानतलासीको क्रममा ६६० मिलि ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दिउसो २ बजेको समयमा प्रहरी चेक पोस्ट अगाडि देखि चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गाईघाटमा मोटरसाइकल सहित बुझाएको प्रहरी पोस्ट लालपत्ताले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्