कान्छो खवर । मंगलबार, आषाढ २३, २०८३
गाईघाट २३ असार ।
ऎलानी जग्गाको निस्सा बदर भएको सूचना सार्वजनिक भए लगत्तै मंगलबार पीडित सुकुम्बासीले त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत समक्ष गुनासो राखेका छन् ।
लामो समयदेखि त्रिनपा ९ गैरुनस्थित इटाभटटा दक्षिण तर्फ बसोबास गर्दै आएका १७ जनाको ऎलानी जग्गाको निस्सा बदर नगरपालिकाले गरे पछी पीडितहरुले नगरप्रमुख बस्नेतलाई भेटेर समस्या राखेका छन् ।
वडाबाट फाराम भरी नापजाँच पछी कम्प्युटर प्रबिष्ट भै निस्सा वितरण भएको उक्त जग्गाको निस्सा बदर गर्ने निर्णय गत जेष्ठ २९ गतेको ६२ औं कार्यपालिकाले निर्णय गरेको हो । निर्णयमा खेल मैदान र बिध्यालयको जग्गा संरक्षण गर्ने प्रयोजनकोलागि नगरपालिकाले निस्सा बदर गरेको उल्लेख।
नगर प्रमुख बस्नेतले पीडित ब्यक्तिहरुलाई केहि दिन पछी स्थलगत अनुगमन गरेर थप कदम चालिने बताए । प्रदेश सरकारले उक्त जग्गामा खेल मैदान निर्माण गर्ने भनेर बजेटको ब्यबस्था समेत गरि सकेको उनले पीडितहरुलाई जानकारी गराएका छन् ।
वास्तविक सुकुम्बासीलाई जग्गा मात्र होइन घर समेत बनाइ दिने उनले बताए ।उनले अब देखि दिन पछी स्थलगत अनुगमन गरेर सुकुम्बासी पहिचान गरिने बताए ।
नगरपालिकाले १७ घर परिबारको झन्डै ७ बिगाहा ऎलानी जग्गाको निस्सा बदर गरेको भुमि ब्यबस्था शाखाले जनाएको छ ।