कान्छो खवर । सोमबार, आषाढ २२, २०८३
गाईघाट २२ असार ।
सुनको गहना सफा गर्ने बहाना ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनिहरुलाई सोमबार दिउसो पक्राउ गरेको हो ।
पक्राउ परेका हरुमा बिहार सहर्सा जिल्ला पुरिक पुरोष्तमपुर ग्राम पन्चायतका २८ बर्षिय गोबिन्दकुमार साह र ३३ बर्षिय सचिन साह रहेको प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउपालिकास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई दिउँसो पक्राउ गरेको ।
ठगीमा संलग्न उनिहरुले सुन सफा गर्ने बहानामा गढी गाप २ र ३ का स्थानिय पेशलकुमारी मगर र मनमाया तामाङलाई ठगी गरेको प्रहरीले जनाएको छ ।
कानमा लगाएको एक एक तोलाको सुनको बेरुवा रिंग सफा गरि दिने भन्दै ती भारतीय नागरिकले ठगी गरेको प्रहरीले जनाएको छ ।विभिन्न रसायन प्रयोग गरि पीडित महिलाको सुनको गहनाको तौल घटाइ उनिहरुले ठगी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले उनिहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।