कान्छो खवर । शुक्रबार, आषाढ १९, २०८३
गाईघाट १९ असार ।
जेन्जी आन्दोलनको क्रममा कारागारबाट भागेका हाडनाता करणी मुद्दाका कैदि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मातहतका अस्थायी प्रहरी पोस्ट चुहाडेका प्रहरी कर्मचारीले २६ बर्षिय गोप्य नाम ०७९ / ०८० का युवकलाई शुक्रबार बिहान १०.३० बजेको समयमा पक्राउ गरेको हो ।
उनलाई चुहाडेदेखि घरमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हाडनाता जबर्जस्ती करणी मुद्दामा ललितपुर जिल्ला अदालतले अभियुक्तलाई २३ बर्ष कैद सजाय र ७ लाख ५० हजार रुपैया जरिवानाको फैसला गरेको थियोे ।उनी ललितपुरको नख्खु कारागारमा थुनामा हुदा गत भदौ २४ गते फरार भएका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय मार्फत कारागार उदयपुरमा दिउसो बुझाइएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्