१८ आषाढ २०८३, बिहिबार

मोटरसाइकल दुर्घटना एक महिलाको मृत्यु , चालक घाइते

कान्छो खवर । बिहिबार, आषाढ १८, २०८३

गाईघाट  १८   असार  ।

मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउपालिका ७ अधेरी फुस्रेमा बिहिवार दिउसो मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । एक जना घाइते  भएका छन्  ।

मृत्यु हुनेमा उदयपुरगढी २ कि यमुना अधिकारी रहेकी छिन् । उनको घटना स्थलमै मृत्यु भएको हो । उनी मोटरसाइकल पछाडि बसेकि थिइन् । दुर्घटनामा चालक हेमबहादुर बिक घाइते भएका छन् ।

दुर्घटना लगत्तै स्थानिय र ट्राफिक प्रहरीले घाइतेको उद्गार गरि जिल्ला अस्पतालमा उपचारकोलागि ल्याईएको छ । दुर्घटनाको बारेमा बिस्तृत रूपमा जानकारी आएको छैन । प्रत्यक्षदर्शीले भने ट्रकले ठक्कर दिएको कारण दुर्घटना भएको जनाएको छ ।

प्रहरी टोलि अहिले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्