१४ आषाढ २०८३, आइतबार

चौदण्डीगढी ७ कुमाङमा गए राति जंगली हात्तीले स्थानिय बासिन्दाको घर भत्कायो , १५ लाख बराबरको धनमाल नस्ट

कान्छो खवर । आइतबार, आषाढ १४, २०८३

गाईघाट  १४   असार   ।

जंगली हात्तीको समुहले गए राति उदयपुरमा स्थानिय बासिन्दाको घरटहरा भत्काउनुको साथै खाद्यान्न नस्ट गर्दा झन्डै १५ लाख रुपैया बराबरको क्षती पुर्याएको छ ।

चौदण्डीगढी नगरपालिका ७ कुमाङ स्थित स्थानिय बासिन्दाको घरटहरा जंगली हात्तीले भत्काएको प्रहरीले जनाएको छ ।१२ देखि १५ वटाको समुहमा रहेको हात्तीको समुहले स्थानिय दिललबहादुर मगर , बुद्धिमाया राई , बमबहादुर बिक , रोशन बिक , लक्ष्मी बिक  बीरबहादुर मगर , राधा बिकको टिनले छाएको काठको एक तल्ले घर भत्काएको प्रहरीले जनाएको छ ।

हात्तीले उनिहरुको घरमा रहेको खाद्यान्न , भाडा बर्तन समेत नस्ट गरेको प्रहरीले जनाएको छ । राति  ९ बजे तिर गाउँ पसेको हात्ती बिहान ४ बजे बाहिर निस्किएको स्थानिय केशब मगरले बताए ।

हात्ती धपाउन अहिले स्थानिय बासिन्दा , प्रहरी र बन सुरक्षाकर्मी परिचालन गरिएको छ । हात्ती आतंकले अहिले स्थानिय बासिन्दा निकै त्रसित बनेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्