१२ आषाढ २०८३, शुक्रबार

खोला तथा नदि किनारका ऎलानी जग्गा खरिद बिक्रि नगर्नु नगराउनु : कटारी नगरपालिका

कान्छो खवर । शुक्रबार, आषाढ १२, २०८३

गाईघाट  १२  असार  ।

कटारी नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै खोला तथा नदि किनारका ऎलानी जग्गाको अनधिकृत रूपमा खरिद बिक्रि गैरकानुनी भएकोले त्यस्ता कार्य नगर्न सबैलाई अनुरोध गरेको छ ।

मेयर राजेशचन्द्र श्रेष्ठले जारी गरेको सार्वजनिक सूचनामा निजी स्वामित्वमा हस्तान्तरण गर्न वा खरिद बिक्रि गर्न जग्गा नभएकोले यस्ता जग्गाको खरिद बिक्रि , बैना , लिखित भोगाधिकार हस्तान्तरण वा अन्य कुनै पनि प्रकारको आर्थिक कारोबारमा संलग्न नहुन सर्बसाधरणमा अपिल गरिएको छ ।

खोला तथा नदि किनारका ऎलानी जग्गा गर्ने गराउने ब्यक्तिले भबिस्यमा स्वामित्व सम्बन्धि विवाद , आर्थिक क्षती तथा कानुनी जटिलता ब्यहोर्नु पर्ने भएकोले  यस्ता जग्गा कुनै पनि बहानामा खरिद नगर्न  तथा खरिद बिक्रि सम्बन्धि कुनै पनि कारोबार नगर्न नगराउन सूचनामा उल्लेख छ ।

सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने , अबैध रूपमा प्लटिङ गर्ने वा खरिद बिक्रि गर्न खोजेको थाहा भएमा नगरपालिकालाई जानकारी गराई दिन भनिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्