कान्छो खवर । मंगलबार, आषाढ ०९, २०८३
गाईघाट ९ असार ।
चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३ / ०८४ कोलागि १ अरब ३७ करोड ९ लाख ५२१२ रुपैयाको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।
उपमेयर मणिकादेबी दुलालले मंगलबार २०औं नगरसभामा बजेट पेश गर्दै पर्यटन , पुर्बाधार बिकास र सेवा प्रबाहमा उच्च प्राथमिकता राखेर बजेट निर्माण गरिएको बताइन् ।
प्रस्तुत बजेट अनुसार संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाडबाट १७ करोड ६५ लाख ३२ हजार ३१० रुपैया प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त बित्तिय समानीकरणबाट १६ करोड ११ लाख १८ हजार , संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने शसर्त , समपुरक र विशेष अनुदानबाट ४४ करोड ३७ लाख २४ हजार प्राप्त हुने बताइन् ।
त्यसै गरि आन्तरिक श्रोतबाट १३ करोड ५० लाख , विभिन्न बिकास साझेदार सस्थाबाट १४ लाख ९७ हजार र गतसालको मौज्दातबाट ३ करोड ३२ लाख ७२ हजार ९ सय २ रुपैया ब्यबस्थापन गरिएको उनले बताइन् ।
प्रस्तुत बजेटमा चालु तथा प्रशासनिक खर्च तर्फ ९१ करोड ८५ लाख र कार्यक्रम तथा पूजीगत खर्च तर्फ ४५ करोड २४ लाख ५ हजार २१२ रुपैया बिनियोजन गरिएको दुलालले बताइन् ।