०८ आषाढ २०८३, सोमबार

गुडिरहेको बोलेरो गाडीमाथि खसेको पहिरो हटाइयो , कुनै मानवीय क्षेति भएन

कान्छो खवर । सोमबार, आषाढ ०८, २०८३

गाईघाट  ८   असार  ।

मुर्चुची- लिम्चुङबुङ सडक खण्ड अन्तरगत डिल्लीवर जाने सडकमा सोमबार दिउसो माथिदेखि झरेको पहिरोले गुडिरहेको बोलेरो गाडीलाई पुरेको छ ।

गाईघाटदेखि लिम्चुङबुङ तर्फ जादै गरेको बोलेरो गाडीमाथि अचानक माथिदेखि पहिरो खस्दा गाडीको आधा भाग पुरिएको छ । लेदो सहितको माटोले गाडीको एक भाग पुरिए पछी यात्रीहरु ढोका खोलेर तत्काल बाहिरीए पछी कुनै मानवीय क्षेती हुन नपाएको प्रत्यक्षदर्शि सरोज खत्रीले बताए ।

गाडी हिडिरहेको थियोे , एक्कासि माथि देखि पहिरो खसेर गाडीलाई पुरेको उनले बताए । गाडी भित्रका यात्रीहरु तत्काल बाहिर निस्किएकोले कुनै मानबिय क्षेती हुन नपाएको उनले बताए ।

पहिरोले पुरिएको गाडीलाई केही घन्टाको प्रयास पछी स्काभेटरले पहिरो हटाएर निकालेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्