०८ आषाढ २०८३, सोमबार

कटारी नगरपालिकाको बजेट ९७ करोड ४६ लाख , स्टार्ट -अप अनुदान कार्यक्रममा बढी जोड

कान्छो खवर । सोमबार, आषाढ ०८, २०८३

गाईघाट   ८  असार  ।

कटारी नगरपालिकाले आर्थिक बर्ष २०८३/ ०८४ को लागि ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाको बजेट  सार्बजनिक गरेको छ ।

आइतबार सप्पन्न १७ औं नगरसभाले आगामी बर्षको बजेट सार्वजनिक गरेको हो ।नगरप्रमुख  राजेशचन्द्र  श्रेष्ठले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत बजेटमा पुजीगत तर्फ १९ करोड ३९ लाख र चालु तर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैया रहेकोे छ ।बजेटमा  परम्परागत पुर्बधार  निर्माण मात्र नभएर आर्थिक अबसर सिर्जना , डिजिटल सुशासन र गुणस्तरीय सेवा प्रबाहलाई प्राथमिकतामा राखिएको छ

यो बर्ष नंया कार्यक्रमको रूपमा स्टार्ट – अप अनुदान रहेको छ ।नगरका युवा तथा नब प्रबर्तनशील उधमीलाई प्रोत्साहन गर्न कार्यबिधी बनाएर अनुदान उपलब्ध गराउने योजना सार्बजनिक गरिएको छ । यो कार्यक्रमले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युबाहरुलाई स्थानिय स्तरमा अबसर सिर्जना गर्ने उपेक्षा गरिएको छ ।

उदयपुरको आठ वटा स्थानिय तह मध्य कटारी बजेट ल्याउने पहिलो बन्न पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्