कान्छो खवर । शनिबार, आषाढ ०६, २०८३
गाईघाट ६ असार ।
प्रहरीले १७ केजी गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।कटारी नगरपालिका ६ बैजनाथ पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कु बाट खटिएको प्रहरी टोलिले ३० बर्षिय नरबहादुर पुलामी मगरलाई बिहान १ ३० बजेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उदयपुरगढी देखि कटारी तर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा मोटरसाइकल पछाडि बसेको मगरको साथ उक्त परिणामको गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलि देख्ने बितिकै मोटरसाइकल छोडेर चालक भागेकोले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्