कान्छो खवर । शनिबार, आषाढ ०६, २०८३
गाईघाट ६ असार ।
उदयपुरगढी ७ जोगिटोलमा सनिवार बिहान बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गाडीमा सवार अन्य ३३ जना घाइते भएका छन् ।
महोत्तरीबाट सुनसरी तर्फ जादै गरेको दिप बोर्डिङ स्कुलको कर्मचारी बोकेको बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी लोकमार्गको सडक खण्डमा बिहान ७ बजे आफै अनियंत्रित भै सडकदेखि झण्डै १५ मिटर तल खस्दा महोत्तरीका ५५ बर्षिय बिमलेश दत्तको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मध्य अन्य दुई जनाको अबस्था गम्भीर रहेकोेले थप उपचारकोलागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य २८ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्