०३ आषाढ २०८३, बुधबार

पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु

कान्छो खवर । बुधबार, आषाढ ०३, २०८३

गाईघाट  ३  असार  ।

पौडी खेल्ने क्रममा बुधबार दिउसो उदयपुरमा एक किशोरीको नदिमा डुबेर मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ देबधार बस्ने १४ बर्षीया आयुसा सदाको नदिमा डुबेर  मृत्यु  भएको हो । घर नजिकै रहेको देबधार खोलाको दहमा साझ ७.२० बजेको समयमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मृतक सदाको शब पोस्टमार्टमकोलागि जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्