०१ आषाढ २०८३, सोमबार

बगपती गोहियामा हायस गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते

कान्छो खवर । सोमबार, आषाढ ०१, २०८३

गाईघाट  १   असार  ।

मदन भण्डारी लोकमार्ग अन्तरगत कटारी नगरपालिका ६ र उदयपुरगढी गाउपालिका ६ को सिमानामा पर्ने बगपती गोहियामा सोमबार दिउसो मोटरसाइकल र हायस गाडी आपसमा ठक्कर खादा दुई जना घाइते भएका छन् ।

ईलाम हुदै काठमाडौ तर्फ जादै गरेको बा५ ख ६०२७ नम्बरको हायस गाडी र कटारीदेखि दमक तर्फ जादै गरेको प्रदेश ०२ -०५८ प ८८३९ नम्बरको मोटरसाइकल दिउसो १२.३० बजे एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक रमेश राई र पछाडि बस्ने शुभद्रा चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

राईको दाहिने खुट्टा र हात भाचिएको छ भने चौधरीको टाउकोमा चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हायस गाडीका चालक फरार रहेकोेले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्