कान्छो खवर । बिहिबार, जेठ २८, २०८३
गाईघाट २८ जेष्ठ ।
निर्माण ब्यबसायीको घरबाट सुनको गरगहना र नगद चोरी गर्ने र चोरीको गहना खरिद गर्ने पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार दिउसो उनिहरुलाई पक्राउ गरेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाछीका निर्माण ब्यबसायी अनिल खड्काको घरमा बुधबार साझ चोरी भएको थियो । उनीहरु घरमा नभएको मौकामा घरमा चोरी हुदा ६ तोला १४.५ आनाको सुनको गरगहना र नगद १ लाख चोरी भएको थियोे ।
चोरी पछि खड्काले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले चोरीको घटनाको अनुसन्धान सुरु गरेको थियोे ।
प्रहरी अनुसन्धानबाट खड्काको घरको भुइ तल्लामा कोठा भाडा लिएर बस्दै आएकी २३ बर्षिया सुस्मिता थापा कटुवाल चोरीमा सङ्लग्न रहेको खुल्न आएको छ । प्रहरीले उनको कोठाबाट नगद १ लाख , सुनको विभिन्न प्रकारको गहना बरामद गरेको छ । त्यसै गरि चोरीको सङ्लग्न रहेकी खड्काको घर नजिकै अर्को घरमा डेरा लिएर बस्दै आएकी २८ बर्षीया मिना बिक समेत पक्राउ परेकी छिन् ।
प्रहरीले बिकको कोठाबाट ६३ हजार नगद मोबाइल बरामद गरेको छ ।चोरीको सुनको गहना उनिहरुबाट खरिद गर्ने बराह ज्वयलर्सका सन्चालिका ३९ बर्षिया यशोदा बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।बिकको पसलबाट चोरीका बाकी गरगहना समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले तिनै जनालाई हिरासतमा राखेर घटनाको अनुसन्धान सुरु गरेको छ ।