कान्छो खवर । सोमबार, जेठ १८, २०८३
गाईघाट १८ जेष्ठ ।
बसाहाको बर्खेडाडामा सोमबार दिउसो एक घरमा आगलागी भएको छ ।चौदण्डीगढी नगरपालिका ४ बर्खेडाडास्थित बबिन राईको दुई तल्ले घरमा दिउसो ४.२० बजेको समयमा भएको आगलागीबाट झन्डै १२ लाख रुपैया बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
घरमा अचानक आगलागी भएको कारण तल्लो तलामा रहेको रमेश राईले भाडामा कोठा लिएर संचालन गर्दै आएको फर्निचर उधोगलाई समेत नोक्सानी भएको छ ।
प्रहरीले बबिनको झन्डै १० लाख बराबरको क्षेती भएको जनाएको छ ।फर्निचरको सामान र नगद २० हजार चादि सहित रमेशको २ लाख बराबरको धनमान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागी भए लगत्तै प्रहरी र नगरपालिकाको दमकलले साझ ५.२० बजे आगो पुर्ण रूपमा निभाएको प्रहरीले उल्लेख गरेको छ । आगलागी कसरी भयो भन्ने बारे केहि खुलेको छैन । प्रहरीले बिधुत सर्ट भएर आगलागी भएको आसंङ्का गरेको छ ।