१८ जेठ २०८३, सोमबार

तास खेलिरहेको अबस्थामा होटलदेखि ६ जना पक्राउ

कान्छो खवर । सोमबार, जेठ १८, २०८३

गाईघाट  १८   जेष्ठ  ।

पिपल चोकस्थित होटल ड्रीमल्यान्ड देखि तास खेलिरहेको अबस्थामा ६ जना पक्राउ  परेका छन् । होटलको तेस्रो तल्लामा प्रहरीले आइतबार छापा हानेर उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ४७ बर्षिय भलराज राई ,४५ बर्षिय चितबहादुर राई , ४६ बर्षिय बोधबहादुर थापा मगर ,३८ बर्षिय बिजय राई , ३० बर्षिय संजीव बुढाथोकी र ४९ बर्षिय पुर्णबहादुर राई रहेका छन् ।

तासको खालबाट नगद ५७ हजार ६२५ रुपैया , ६ थान मोबाइल , तीन बूक तास र उनिहरुको ४ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्