१७ जेठ २०८३, आइतबार

सुनको मुल्यमा भारी वृद्धि , आइतबार प्रती तोला २० हजार बढ्यो

कान्छो खवर । आइतबार, जेठ १७, २०८३

गाईघाट   १७   जेष्ठ   ।

सुनको मुल्यमा भारी वृद्धि भएको छ । आइतबार एकै दिन तोलामा २० हजार बढेको हो । मुल्य बढे संगै सुनको कारोबार आज प्रति तोला ३ लाख ११ हजार १ सय रुपैयामा भैरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुनको मुल्य तोलामा ५ हजार ६ सय बढेर २ लाख ९० हजार ६ सय मुल्य पुगेकोमा एकै दिन आज मुल्य ह्वात्तै बढेको हो । सरकारले सुनको भन्सार दर दोब्बर पुर्याएको कारण अहिले मुल्य बढेको हो । भन्सार शुल्क १० प्रतिशत बाट बढेर अहिले २० प्रतिशत पुगेको छ ।

चादीको मुल्य समेत बढेको छ । शुक्रबार ५ हजार ४० रुपैयामा कारोबार भैरहेकोमा आइतबार चादीको मुल्य  प्रती तोला ५ हजार ३ सय ४५ रुपैया  रहेको ब्यबसायीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्