कान्छो खवर । शनिबार, जेठ १६, २०८३
गाईघाट १६ जेष्ठ ।
प्रहरीले सनिवार राति जुवा खेलिरहेको अबस्थामा पुरानो गाईघाटदेखि ११ जना जुवाडे पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका १२ फुलचौकस्थित महेन्द्र चौधरीको घरमा जुवा खेलीरहेकोे अबस्थामा एघार जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घरधनी चौधरी सहित ५२ बर्षिय चिरन राई , ३४ बर्षिय जितन राई , २८ बर्षिय तिलक राई , ३५ बर्षिय जगदीश राई ,३२ बर्षिय नवीन तामाङ , ५४ बर्षिय बसन्त राई , ६२ बर्षिय नारायण पौडेल ,५१ बर्षिय रबिन्द्र राई , ५४ बर्षिय हेमन्त राई र ३८ बर्षिय रुद्रबहादुर परियार रहेका छन् ।
पक्राउ परेकाहरुबाट नगद १ लाख ८२ हजार ३८२ रुपैया र १६ वटा कौडा बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले राति ९ बजे चौधरीको घरमा छापा हानेर जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको एसपी राजन चापागाईंले बताए ।