कान्छो खवर । बिहिबार, जेठ ०७, २०८३
गाईघाट ७ जेष्ठ ।
खुकुरी प्रहार बाट गाईघाट संगमटोलमा एक महिला घाइते भएकी छिन् ।त्रियुगा नगरपालिका २ स्थित रबिन्द्र पौडेलको घरको आगनमा बिहिवार बिहान २९ बर्षीया सुमाया राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
उनिमाथि नातामा मामा पर्ने ४३ बर्षिय बिनोद राईले खुकुरी प्रहार गरेका हुन् ।बिहान १०.३० बजेको समयमा सामान्य भनाभन हुदा राईले प्रहार गरेको खुकुरीको कारण उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनलाई उपचारकोलागि बिराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले घटनास्थलदेखि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्