०४ जेठ २०८३, सोमबार

०४ जेठ २०८३, सोमबार

फोक्सिङटारस्थित सुनकोशीमा जडान गरिएको बेलिबृज आज देखि खोल्न थालियो

कान्छो खवर । आइतबार, जेठ ०३, २०८३

गाईघाट  ३  जेष्ठ  ।

फोक्सिङटारस्थिती सुनकोसीमा अस्थायी रूपमा जडान गरिएको बेलिबृज आइतबार देखि खोल्न सुरु गरिएको छ । बर्षाको कारण कोसीमा पानीको बहाब बढे संगै नदिबाट बेलिबृज खोल्न सुरु गरिएको हो ।

सगरमाथा लोकमार्ग अन्तरगत दिक्त्तेल – गाईघाट सडक खण्डको फोक्सिङटार स्थित कोशीमा गत मंसिरमा बेलिबृज जडान गरिएको हो ।हिउँदमा जडान गरिने र बर्षाको समयमा बेलिबृज खोलिने गरिन्छ ।

सुनकोशीमा पुल निर्माण गरिनु अघि उदयपुर संग सिधा यातायात सन्चालनकोलागि कोसीमा बेलिबृज निर्माण गरिदै आएको थियोे । पुल निर्माण पछि भने बेलिबृज जडान रोकिएको थियोे । तर २०८१ असोजमा कोशीमा आएको भीषण बाढीले सुनकोसीको मोटरेबल पुल बगाए पछी गत बर्ष नदिमा बेलिबृज जडान गरिएको हो ।

बेलिबृज खोल्न सुर भए पछी अब केहि दिन पछि उदयपुर र खोटाङको सिधा यातायात सेवा बन्द हुने छ । बेलिबृज खोल्नु अघि गाईघाट – दिक्त्तेल सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गरेर स्थानिय बासिन्दालाई जानकारी गराएको इन्जिनियर नारायण कार्कीले बताए ।

भ्याट सहित ९६ लाख ७७ हजार ९३७ रुपैयाको लागतमा एमए – एस आर्यन मल्टीपर्पोज कटारीले बेलिबृज जडान गर्ने र  खोल्ने कामको जिम्मा पाएको इन्जिनियर कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्