०१ जेठ २०८३, शुक्रबार

०१ जेठ २०८३, शुक्रबार

पत्रकार चेम्जोङको उदयपुरको इतिहास सम्बन्धि दोस्रो पुस्तक सार्वजनिक

कान्छो खवर । शुक्रबार, जेठ ०१, २०८३

गाईघाट  १  जेष्ठ  ।

पत्रकार कौशल चेम्जोङको इतिहास सम्बन्धि दोस्रो पुस्तक बजारमा आएको छ । लामो समयको खोजी र अनुसन्धान पछी उनले लेखेको नेपालको इतिहासमा उदयपुर नामक पुस्तकको शुक्रबार एक कार्यक्रम बिच बिमोचन गरिएको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रूपमा पुस्तकको बिमोचन गरेका छन् । बिक्रम सम्बत १९००- २००७ साल सम्मको घटनाक्रम पुस्तकमा समेटिएको छ ।

खोजी अनुसन्धानको क्रममा भेटिएको शिलालेख , ताम्रापद , पुरानो दस्ताबेज  , लिखत  इतिहास सम्बन्धि पुस्तक , भने सुनेको कुरालाई आधार मानेर उदयपुरको इतिहास लेखिएको चेम्जोङले बताए ।

उनले यश अघि पनि उदयपुरको इतिहास नामक इतिहास लेखेका छन् ।पत्रकारिताको अलावा साहित्य र खोजमुलक अनुसन्धानमा चेम्जोङ सक्रिय रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्