कान्छो खवर । बिहिबार, बैशाख ३१, २०८३
गाईघाट ३१ बैशाख ।
कटारी नगरपालिकाले सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएको घर टहरा हटाउने तयारी सुरु गरेको छ ।
नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै सरकारी तथा स्थानिय संरचना ३० दिन भित्र हटाउन अनुरोध गरेको छ ।उक्त अबधि भित्र नहटाए कानुन अनुसार प्रक्रिया सुरु गरिने सूचनामा उल्लेख छ ।
कटारी नगरपालिकाले दस बर्ष अघि नै नगर क्षेत्रको विभिन्न ठाउमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरि घर टहरा निर्माण गरिएको संरचना हटाउन अभियान कै रूपमा ” सार्बजनिक जग्गा संरक्षण अभियान ” सन्चालन गर्दै आएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डम्बर दाहालको नेतृत्वमा नगरपालिकाले २०७२ सालमा सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु भएको थियोे ।
नगर क्षेत्रको बसपार्क , मरुवा खोलाले धार परिवर्तन गर्दा उकास भएको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरटहरा हटाउने क्रममा स्थानिय संग झडप समेत भएको थियोे । नगरपालिकाले २०७८ मा डोजर सहित सुरक्षाकर्मी परिचालन गरेर बस्ती खाली गराएको तत्कालीन नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।
उनले अख्तियारको निर्देशनमा मरुवा खोला छेउमा अतिक्रमण गरि बसेको बस्ती हटाउने काम गरिएको बताए । बस्ती पुर्ण रूपमा नहटेको कारण अहिले फेरि नगरपालिकाले अतिक्रमीत क्षेत्र बाट घरटहरा हटाउन लागेको उनले बताए ।
नगरप्रमुख राजेसचन्द्र श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा हटाउने तयारी सुरु भएको बताए । सुकुम्बासीको हकमा नगरपालिकाले जग्गा उपलब्ध गराएर बसोबासको ब्यबस्थापन गर्ने उनले बताए ।
बास्तबिक सुकुम्बासीले कुनै चिन्ता लिनु पर्दैन , उनिहरु जग्गा सहितको धनीपुर्जा उपलब्ध गराउछौ ।नगरप्रमुख श्रेष्ठले बताए ।