२९ बैशाख २०८३, मंगलबार

चौदण्डिगढी नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ को निति तथा कार्यक्रम पारित

कान्छो खवर । सोमबार, बैशाख २८, २०८३

गाईघाट  २८  बैशाख  ।

उदयपुरको चौदण्डिगढी नगरपालिकाले  सोमबार आर्थिक बर्ष २०८३/०८४ को निति तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाको सभाहलमा दिउसो भएको २० औं नगर सभाले सर्बसम्मत रूपमा नीति तथा कार्यक्रम पारित गरेको हो ।

मेयर कालुमान लामाले पेश गरेको नीति तथा कार्यक्रम सामान्य छलफल पछी हलले पारित गरेको हो ।

” स्वच्छ खानेपानी , स्वस्थ जीवन – नगरको अभियान भन्ने नाराका साथ खानेपानी बर्ष मनाउने उदेश्य अनुरुप एक टोल बिकास एक एक योजना सुनिश्चितता गर्न नगरको दस वटै वडाका २०६ टोल बिकास सस्थामा  घरदैलो अभियान सन्चालन अभियान सन्चालन गरि जनताले रोजेको योजनालाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

निति तथा कार्यक्रममा विशेष गरि युबाहरुलाई हौसला र प्रोत्साहन , जेष्ठ नागरिक र अशक्तलाई सुरक्षा र संमान भन्ने निति तय गरिएको छ ।

स्वच्छ खानेपानी , सरसफाइ सेवाको बिस्तार , सडक , पुल भबन तथा अन्य भौतिक पुर्बधारको दीगो बिकास , शिक्षा स्वास्थ मानव बिकास  क्षेत्रको सुदृढीकरणमा निति कार्यक्रममा विशेष जोड दिइएको छ ।

कृषि , पशुपालन , सिचाइ तथा उत्पादनमुखी कार्यक्रम मार्फत स्थानिय अर्थतन्त्रमा जोड दिइएको छ ।युवा स्वरोजगार , सीप बिकास तथा रोजगारी सिर्जनामा प्राथमिकता , बिधुतियकरण , सूचना प्रबिधि तथा सन्चार सेवा बिस्तारमा जोड दिदै निति कार्यक्रममा समाबेश गरिएको छ ।

महिला बालबालिका , जेष्ठ नागरिक , दलित , फरक क्षमत भएको ब्यक्ति तथा बिपन्न समुदायको सरक्षण र सशक्तीकरण , बिपद ब्यबस्थापन , नदि नियन्त्रण तथा बाताबरण संरक्षण कार्यक्रम सन्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।खेलकुद ,कला , सस्कृती तथा पर्यटन क्षेत्रको बिकास र प्रबर्द्धन , सुशासन , पारदर्शिता , बित्तीय अनुशासन तथा प्रभावकारी सेवा प्रबाहलाई जोड दिइएको छ ।

मुलुक भरका कुनै पनि स्थानिय तहले आर्थिक बर्ष २०८३/०८४ को निति तथा कार्यक्रम ल्याएको छैन ।तर चौदण्डिगढीले भने सबै भन्दा पहिले निति तथा कार्यक्रम ल्याएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्