कान्छो खवर । आइतबार, बैशाख २७, २०८३
गाईघाट २७ बैशाख ।
बन डिभिजन कार्यालयको अनुमति बेगर अबैध रूपमा खयर कटान गर्ने हिमचुली सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष नारायण थापा अझै पक्राउ परेका छैनन् ।
चौदण्डिगढी नगरपालिका १ स्थित उक्त सामुदायिक बनमा चैत २२ गते अध्यक्ष थापाको निर्देशनमा ठेकेदारले अबैध रूपमा खयरको रुख कटान गरे पछी परेको उजुरी र बनको कर्मचारीले गरेको स्थलगत निरीक्षण बाट अनुमति बेगर २७ वटा खयरको रुख कटान गरिएको पत्ता लागेको हो ।
बन कार्यालयको अनुमति बेगर नै समितिको अध्यक्षको मौखिक आदेशमा ठेकेदारले उक्त खयर कटान गरेको पुष्टि भएको र स्वयम अध्यक्ष थापाले आफू बाट गल्ती भएको लिखित रूपमा पठाएको बयानमा उल्लेख छ तर थापालाई बनले पक्राउ गरेको छैन ।
यो आर्थिक बर्ष २०८२/ ०८३ को कार्य योजनामा उक्त सामुदायिक बन लाई २५ चट्टा ढलापडा सखुवाको काठ र १५ वटा खयरको लकडी बिक्रि गर्ने अनुमति रहेकोमा कटान सहमति बेगर नै अध्यक्षले धमाधम खयर कटान गरे पछी सब डिभिजन बन कार्यालयले अनुसन्धान अधिकारी तोकेर छानबिन सुरु गरेको छ ।
छानबिन बाट अध्यक्ष थापाको बदमासी पुष्टि भएको र स्वयम उनले लिखित बयानमा गल्ती गरेक स्वीकार गर्दा पनि बनले उनलाई पक्राउ नगरि लिखित प्रतिबेदन डिभिजन बन कार्यालय उदयपुरमा बुझाउन लागेको छ ।
स्थानिय उपभोक्ताले समेत थापालाई पक्राउ गरेर कारबारीको माग गरेको भए पनि अहिलेसम्म बन सुरक्षाकर्मीले उनलाई पक्राउ नगरेर जोगाउदै आएको छ । उनी अहिले पनि बन कर्मचारीकै अगाडि खुलेआम हिड्ने गरेका छन् ।
प्राप्त जानकारी अनुसार बनले थापालाई पक्राउ नगरी एकैपटक सरकारी बकिल कार्यलय मार्फत अदालतमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।
कोशी प्रदेश बन तथा बाताबरण मन्त्रालयको सचीव ईन्द्र सापकोटाले अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी भैरहेको बताए । उनले अदालत बाट पक्राउ अनुमति लिएर अध्यक्ष थापा विरुद्ध मुद्दा चलाउने बताए । सबै छानबिन पूरा भैसकेको छ , अबैध खयर कटानमा उनको संलग्नता पुष्टि भै सकेको छ । अब कारबाही सुरु गरिने उनले बताए ।