२६ बैशाख २०८३, शनिबार

राजाबासका चुडाबहादुर मृत अबस्थामा फेला

कान्छो खवर । शनिबार, बैशाख २६, २०८३

गाईघाट  २६  बैशाख  ।

त्रियुगा नगरपालिका ९ राजाबासका ६२ बर्षिय चुडाबहादुर खड्का मृत अबस्थामा फेला परेका छन् ।

होटेल देखि घर आउने क्रममा शुक्रबार साझपख हराएका उनको शब घर देखि झन्डै ७०० मिटर उत्तर तर्फको खोल्सोमा  फेला परेको प्रहरीले जनाएको छ ।  साझ अबेर सम्म घर नपुगे पछी परिबारका सदस्यले उनको खोजी गरेको थियोे । खोजीको क्रममा उनलाई मृत अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खड्कालाई चट्याङ लागेर मृत्यु भएको अनुमान गरेको छ । तर अहिलेसम्म केही खुलेको छैन ।शब पोस्टमार्टमकोलागि अस्पतालमा ल्याइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्