कान्छो खवर । शुक्रबार, बैशाख २५, २०८३
गाईघाट २५ बैशाख ।
जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह गर्न उदयपुरको दुई वटा स्थानिय तह छनौटमा परेको छ ।
भुमि ब्यबस्था , सहकारी तथा गरिबी निबारण मन्त्रालयको बैशाख २३ गतेको निर्णय अनुसार जिल्लाको चौदण्डिगढी र बेलका नगरपालिका पहिलो चरणमा छनौटमा परेको हो ।
सेवा प्रवाह गर्न मन्त्रालयले माग गरेको आशय पत्र देशभरीबाट २ सय १४ वटा स्थानिय तहले भरेका थिए । पहिलो चरणमा ३५ वटा स्थानिय तहले अनुमति पाएको छ ।कोशी प्रदेशमा जम्मा १४ वटा स्थानिय तह छनौटमा परेको हो ।
मन्त्रालयले भुमी ब्यबस्था तथा अभिलेख र नापी बिभाग संग समन्वय गरि स्थानिय तह बाटै भुमि प्रशासन सम्बन्धि सेवा प्रबाह गर्ने निर्णय समेत गरेको हो ।
जग्गा सम्बन्धि सेवा सन्चालनको लागि मन्त्रालयले मुलुकभरका स्थानिय तह संग आशय पत्र पेस गर्न माग गरेको थियोे ।
यहाँ कमेन्ट गर्नुहोस्