कान्छो खवर । सोमबार, बैशाख २१, २०८३
गाईघाट २१ बैशाख ।
देबधार – हडिया जोड्ने त्रियुगा नदिमा निर्माणधिन मोटरेबल पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई बर्ष भित्रमा सम्पन्न गरिसक्नु पर्ने उक्त पुल निर्धारीत समय भन्दा झन्डै दुई बर्ष पछी सम्पन्न हुन लागेको हो ।
हडिया, जोगिदह , सिबाईका बासिन्दालाई मदन भण्डारी राजमार्गको देबधार बेल्टार सग सिधा र नजीक यातायात सेवा जोड्नको उक्त पुल २०७९ पौष महिनामा शिलान्यास भएको हो ।
४० करोड ३४ लाख ८८ हजारको लागतमा सुर्या एन्ड सन्स प्राली धरानले कामको जिमा पाएको उक्त पुलको निर्माण कार्य बजेट अभावमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।
पर्याप्त बजेट बिनियोजन भएको भए हामी निर्धारीत समय भन्दा अगाडि नै काम सप्पन्न गरि सक्ने थियौ , साइट इन्चार्ज प्रमोदकुमार कर्णले बताए । बजेटको कारण ढिलाइ भए पनि निर्माणको काम अन्तिम चरणमा रहेकोे उनले बताए ।
३२० मिटर लम्बाइ ११ मिटर चौडाइ रहेको पुलमा ४ वटा पिलर र ५ वटा स्ल्याब रहेकोमा पुलको सबै पिलर बनिसकेको र ३ वटा स्ल्याब निर्माण भैसकेको कर्णले बताए । अब चौथो स्ल्याब निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनले बताए । बर्षा अघि नै चौथो स्ल्याब निर्माण गरि सक्ने गरि काम द्रुत गतिले भैरहेको उनले बताए ।
अहिले देबधार तर्फ ब्लाकबाल निर्माण , सटरिङको काम पनि भैरहेको छ ।पुल निर्माण यहि गतिले हुने हो भने आगामी ६ महिना भित्रमा निर्माण सप्पन्न हुने उनले बताए ।
पायलस फाउन्डेसन डिजाइनमा निर्माण भैरहेको मोटरेबल पक्की पुलको झन्डै ७० प्रतिशत काम सकिएको छ ।