कान्छो खवर । शनिबार, बैशाख १९, २०८३
गाईघाट १९ बैशाख ।
खोटाङमा सनिवार दिउसो भिरबाट खसेर दुई जनाको मृत्यु भएको छ । हराएको खुकुरी खोज्ने क्रममा स्थानिय ढकालेखोल भिरबाट खसेर बाराहा पोखरी गाउपालिका ४ पैवासेराका ५२ बर्षिय बमबहादुर राई र ४० बर्षिय मनिराज राईको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाँस दाउरा गएको बेला हराएको खुकुरी खोज्न बमबहादुर छिमेकी मनिलाई लिएर उक्त स्थानमा गएका थिए । खुकुरी खोज्ने क्रममा भिरबाट चिप्लेर लडेको हुन सक्ने वडा अध्यक्ष फौदराज राईले बताए ।
एक जना चिप्लिएर लड्दै गर्दा बचाउने क्रममा दुबै जना भिर देखि तल खस्न गएको हुन सक्ने उनले बताए ।घटना दिउसो २ बजे तिर भएको उनले बताए ।
मृतक दुबैको शब तल खोल्सो बाट निकाली सकेको र पोस्टमार्टमकोलागि उदयपुरको बेल्टार तर्फ ल्याउने तयारी भैरहेको रात बताए । खोटाङ प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।