१९ बैशाख २०८३, शनिबार

लागूऔषध सहित दुई युवा पक्राउ

कान्छो खवर । शनिबार, बैशाख १९, २०८३

गाईघाट  १९   बैशाख  ।

प्रहरीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । कदमाह – गाईघाट राजमार्ग अन्तरगत लालपत्ता प्रहरी चेकपोस्ट अगाडि देखि सनिवार उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ का सन्देश राउत र वडा नम्बर १० का आशिष सुर्खेती रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।उनिहरुको साथ बाट चेकजाँचको क्रममा ४१ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेकोे उनिहरुमाथि अनुसन्धान भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्