कान्छो खवर । शुक्रबार, बैशाख १८, २०८३
गाईघाट १७ बैशाख ।
बेल्टार निबासी राजकुमार राई लिखित चाम्लिङ राई : सस्कार , सस्कृती ” र चाम्लिङ भाषा शब्द शब्दावली ” नामक पुस्तकको बिमोचन गरिएको छ ।
बेल्टारस्थित भुपु सैनिक सभाहलमा बिहिवार भाषाबिद प्राध्यापक डा कैलासकुमार राईले उक्त कृतिको एक कार्यक्रम बीच बिमोचन गरेका छन् । बिमोचन कार्यक्रममा राईले स्थानिय भाषा , साहित्य र सस्कृतीको जगेर्नाकोलागि उक्त कृतिले सिर्जनात्मक अभियानमा ठुलो महत्त्व राख्ने बताए ।
उनले चाम्लिङ भाषा ,सस्कार र सस्कृती संरक्षण तथा पुस्तान्तरणको लागि पनि यो कृतीले महत्त्व राख्ने बताए ।
कृतिका लेखक राईले चाम्लिङ भाषा , सस्कार , सस्कृती पहिचानलाई संरक्षण गर्दै नंया पुस्तामा हस्तान्तरण गर्ने उदेश्य अनुरुप पहिलो पटक पुस्तक लेखेको बताए ।
बिमोचन कार्यक्रममा स्थानिय बासिन्दा , ब्यापारी , साहित्यकारहरुको उपस्थिति रहेको थियोे ।