०२ आषाढ २०८३, मंगलबार

किसानको लागि आएको ३१ बोरा अनुदानको मल ब्यापारीको पसल बाट बरामद

कान्छो खवर । बिहिबार, बैशाख १७, २०८३

गाईघाट   १७   बैशाख ।

किसानलाई अनुदानमा बिक्रीवितरण गर्नुपर्ने मल ब्यापारीको गोदाममा फेला परेको छ ।

त्रियुगा नगरपालिका ९ राजाबासस्थित खार्पाली एग्रो एन्ड फिड सप्लायर्सको बिक्रि कक्ष बाट युरीया १४ बोरा , डिएपी १० बोरा र पोटास मल ७ बोरा गरि ३१ बोरा मल बजार अनुगमन टोलिले बराबद गरेको हो ।

कृषकलाई अनुदानमा बिक्रीवितरण गर्नुपर्ने उक्त मल गैरकानुनी रूपमा बिक्रीवितरण भैरहेको जानकारी पाए पछी बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण निरीक्षण उदयपुरको निरीक्षण अधिकारी बिक्रम पाण्डेको नेतृत्वमा गएको एक टोलीले बुधबार उक्त पसलमा छापा मारेर अनुदानको मल नियन्त्रणमा लिएको हो ।

टोलीले नियन्त्रणमा लिएको मल त्रियुगा नगरपालिकालाई बुझाएको छ ।नगरपालिकाले अनुदानको मल बजारमा खुलेआम बिक्रीवितरण भैरहेकोमा थप अनुसन्धान गरि बिक्रेतालाई कानुनी दायरामा ल्याउने तयारी भैरहेको नगरपालिकाका अधिकृत बिश्वजित राईले बताए ।

बजार अनुगमन टोलिले बरामद गरेको मलको सम्बन्धमा वडा नम्बर १६ बाट आएको सिफारिसको आधारमा आफुले उक्त मल बिक्रि गरेको पसल सन्चालक मन्जु खनालले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्