कान्छो खवर । शनिबार, बैशाख १२, २०८३
गाईघाट १२ बैशाख ।
डिभिजन बन कार्यालय उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठ सहित बन कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने ब्यक्ति पक्राउ परेका छन् ।
झुठो मुद्दा हालेर दुख दिएको भन्दै प्रमुख श्रेष्ठको निर्देशनमा बेलका नगरपालिका ९ का भिमप्रसाद श्रेष्ठलाई बन सुरक्षाकर्मीले सनिवार दिउसो पक्राउ गरेर बनको हिरासतमा राखेको छ ।
घिमिरेले शुक्रबार अख्तियार इटहरीमा बेलका ८ स्थित कुङरीमा सामुदायिक बनमा अबैध रूपमा बन कर्मचारी , सामुदायिक बनका पदाधिकारी र ठेकेदारको मिलिमतोमा काचो खयरको रुख कटान भैरहेको भन्दै उजुरी हालेका थिए ।
उनले दिएको उजुरीमा प्रमुख श्रेष्ठ , बन अधिकृत जागेस्वर साह , कम्प्युटर अपरेटर सन्जय कामत , सब- डिभिजन मैनामैनीका प्रमुख युबराज दर्लामी मगर , फरेस्टर राजकुमार मोक्तान , बन रक्षक अर्जुन खड्का , जम्दार गिरिराज मगर , सामुदायिक बनका पदाधिकारी र ठेकेदार विरुद्ध कारबाहीको माग गरिएको छ ।
उजुरीमा उनले खयर कटान भैरहेको सम्बन्धमा तत्काल अनुसन्धान गरेर दोषी माथी कारबाही र सरकारी सम्पत्तिको दोहन रोक्न माग गरेका छन् ।
अख्तियारले अनुसन्धान सुरु गर्नु अघि नै बनले प्रतिशोध साधेर उजुरीकर्ता घिमिरेलाई पक्राउ गरेको हो । उक्त सामुदायिक बनमा केही दिन देखि अबैध रूपमा खयरको रुख धमाधम कटान हुदै आएको छ ।