११ बैशाख २०८३, शुक्रबार

जयश्री मल्टी प्रपोज कम्पनी कटारी बाट कागजात चोरी गरेर लगेको आरोपमा पुर्ब सेयर होल्डर पक्राउ

कान्छो खवर । शुक्रबार, बैशाख ११, २०८३

गाईघाट   ११  बैशाख  ।

जयश्री मल्टी प्रपोज कम्पनी कटारीमा भएको चोरी तथा लुटपाटको घटनामा संलग्न भएको आरोपमा एक युबा पक्राउ परेका छन् ।

प्रहरीले कटारी नगरपालिका ४ मरुवाका रमेश कटुवाललाई शुक्रबार पक्राउ गरेको हो ।उक्त कम्पनीको पुर्ब सेयर होल्डर समेत रहेका उनलाई कम्पनीका लेखापाल धिरज कार्कीलाई चैत २२ गते राति गालिगलौज गर्दै कार्यालय बाट केही महत्त्वपूर्ण कागजपत्र चोरी गरि लगेको आरोप लागेको र उनी विरुद्ध प्रहरीमा  घटनाको भोलिपल्ट  उजुरी  परेको थियोे ।

कम्पनीको उजुरी पछी उनी फरार भएका थिए । कटुवालले आफ्नो लगानीको शेयर बिक्रि गरेर बाहिरी सकेको भए पनि उनले अझै कम्पनीमा आफ्नो हक लाग्ने भन्दै दाबी गर्दै आइरहेका थिए । यहि बिषयमा कम्पनी संग कटुवालको विवाद भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्