कान्छो खवर । बिहिबार, बैशाख १०, २०८३
गाईघाट १० बैशाख ।
प्रहरीले बिहिवार बिहान २७ केजी गाजा सहित एक जनालाई पक्राउ गरेको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले बेलका नगरपालिका ८ कोठु बाट बिहान ११.४० बजे सोही ठाउ बस्ने अशोक राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राई अटो चालक हुन् । उनले सोही अटोमा उक्त परिणामको गाजा अन्यत्र लादै गरेका थिए तर गाजा कता लादै गरेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन ।
गाजा उस्को हो वा अरु कसैको भन्ने बारे प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।राईलाई ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्